प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँ नागरिकलाई जिल्ला प्रशासन कार्यालयले दियो यस्तो सजाए

काठमाडौँ, २८ बैशाख | गत शुक्रबार स्वदेश फिर्ताको माग गर्दै चिनियाँ नागरिकले सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीसँग हातपात गरेका थिए ।
त्यसै कारण ४७ चिनियाँ नागरिकलाई नेपाल प्रहरीले शुक्रबार गिरफ्तार गरेका थिए |

त्यसमध्ये नेपालस्थित भिबो कम्पनीका प्रतिनिधिको जिम्मामा ४३ जना चिनियाँ नागरिकलाई त्येस रातनै छोडिएको थियो | तर ४ जनालाई प्रहरी माथि भएको अभद्र व्यवहारको लागि केहि दिन मुदा चलाउन अनुसन्धान भइरहेकोले थुनामै राखिएको थियो | पक्राउ पर्ने ४७ चिनियाँ नागरिक मध्ये ४ जना भिबो कम्पनीकै काम गर्ने कर्मचारी थिए |

आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले ती ४ जना चिनियाँ नागरिकलाई १० दिनको लागि थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ |

उनीहरुले गरेको हातपातमा उपरीक्षक हरिबहादुर बस्नेतसहित दुई प्रहरीलाई चोट लागेको थियो भने चिनियाँहरुको तर्फ़बाट पनि कोहि कोहिलाई चोट लागेको थियो |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »