नेपालमा पहिलो पटक नर्समा भेटियो कोरोना संक्रमण

बैशाख ३०, काठमाडौँ | प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता तथा वरिष्ठ जनस्वास्थ्य अधिकृत रोशनलाल चौधरीले कपिलवस्तुमा मंगलवार कोरोना संक्रमण ९ जनामध्ये १ जना जिल्लाको तौलिहवा अस्पतालमा काम गर्ने नर्स (सिस्टर) मा देखिएको बताए ।

उनले नेपालमा नर्सलाई कोरोना लागेको यो पहिलो पटक हो भनेका छन् |

मंगलवार देखिएको ९ जना कोरोना संक्रमित मध्ये ८ जना क्वारेन्टाइनमा र एक जना अस्पतालको नर्स रहेको चौधरीले बताए |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »