धनुषाको डाक्टरले गरे यस्तो घिनलाग्दो काम, भर्खरै परे गिरफ्तार

काठमाडौँ, ३१ बैशाख | धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ७ का डा. राजेश कुमार मण्डललाई प्रहरीले पक्राउ गरेको छ |

झापाकी एक २८ वर्षीया महिलाले आफुला जबरजस्ती बलात्कार गरेको भन्दै उजुरी दिएपछि मण्डललाई प्रहरीले गिरफ्तार गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनु भएको छ |

मण्डलले उनलाई पटक पटक ब्ल्याकमेल गरी पटक पटक बलात्कार गरेको आरोप लगाएकी छन् | उनि जनकपुरको एक फार्ममा काम गरिने २७ वर्षीया महिला हुन् | मण्डलले आफुले खिचेको भिडियो र तस्बिर देखाएर उनि संग पैसा असुल्ने गरेको आरोप पनि उक्त महिलाले लगाएकी छन् |

उनको उजुरीको आरोपमा आज डा. राजेश कुमार मण्डललाई पक्राउ गरिएको छ | उनलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान गरिदै छ |

 

 

 

अर्को समाचार : भर्खरै भेटिएका नयाँ कोरोना संक्रमित को हुन् (सुचीसहित)

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »