भर्खरै नायिका रेखा थापाले भारतीय अभिनेत्री अनुष्का शर्मालाई दिईन कडा चेतावनी

जेठ ६ – काठमाडौँ । भारतीय डिजिटल चलचित्र ‘पाताल लोक’ मा बोलिएको एक शब्दका कारण यतिबेला नेपालमा त्यसको चर्को बिरोध भैरहेको छ।

उक्त डिजिटल चलचित्रकी निर्मात्री निकै चर्चित अभिनेत्री अनुष्का शर्मा हुन्। उक्त चलचित्र अमेजन प्राइम सिरिजमा रिलिज भएको थियो। चलचित्रको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा एक महिला प्रहरीले ” ‘साथी हुन् कि ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रन्डी’ भनेर सम्भोदन गरेकी छन्।

सोहि कुरालाई लिएर नेपालका थुप्रै कलाकारहरुले आफ्नो आफ्नो आवाज उठाई रहेका छन् भने अभिनेत्री अनुष्का शर्माले यो कुरामा आफुले माफी माग्नु पर्छ भन्ने माग राखेका छन्।

भर्खरै नेपाली चर्चित अभिनेत्री रेखा थापाले पनि यो कुराको चर्को बिरोध गरेकी छन्।

रेखा थापा लेख्छिन – ‘एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मानमर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भत्सर्ना गर्दछु’ रेखाले आक्रोशपूर्ण स्टाटसमा अगाडि लेखकी छन् ‘पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरीहरुलाई जुन निच शब्द प्रयोग गरिएको छ । त्यो घोर आपत्ति जनक छ । त्यति मात्र होइन यस्तो भाषा र हेपाहा प्रवृत्तिले बलिउडका फिल्म, कलासाहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ ।’

‘यसको निर्माण सम्‍बद्ध पक्षले तुरुन्तै माफी मागोस् र रेकर्डबाट हटाइयोस्। कुन देशका छोरी बहादुर छन् भन्‍ने इतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नु छैन’, उनले भनेकी छन्।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »