काेभिड १९ :संसारभरि २३ लाखभन्दा धेरै सङ्क्रमित, एक लाख ६० हजारले भने ज्यान गुमाएका छन्

काठमाडौँ- संसार को विभिन्न देशमा कोरोन ले त्राहिमाम मचाएको छ | कति को ज्यान गएको छ भने कति अहेले पनि कोरोन संग लडी रहेका नै छन् | आजको खबर अनुसार विश्वका विभिन्न देशमा कोरोना भाइरस (काेभिड १९) बाट २३ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

दुई सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा भाइरस फैलिँदा २३ लाख २५ हजार तीन सय ३५ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये पाँच लाख ९६ हजारभन्दा धेरै निको भएका छन् । एक लाख ६० हजारले भने ज्यान गुमाएका छन् ।

बितेका २४ घन्टआ भित्र कमसेकम पनि ६ हजार ३ सय ३ ले आफ्नो ज्यान गुमाउनु परेको छ | तेसैगरी नया संगक्रमितको गन्तीमा फेरी धेरैनै नया बिरामी थपिएका छन् | ७६ हजार नया बिरामी आएको खबर छ |

अमेरिका को कुरा गर्नेहो भने गएको २४ घण्टा मा मात्रै १७ सय भन्दा धेरै को ज्यान गएको छ | येसैगरि अमेरिकामा ज्यान गुमानेको संख्या हाल सम्म ३९ हजार पुगेको छ भने हाल्समा सात लाख ३७ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच सय पुगेको छ भने १५ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै इटलीमा २३ हजारभन्दा धेरै, स्पेनमा २० हजारभन्दा धेरै, फ्रान्समा १९ हजारभन्दा धेरै, बेलायतमा १५ हजारभन्दा धेरैको ज्यान गएको छ ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »