भर्खरै डोनाल्ड ट्रम्पले चीनलाई दिए यस्तो कडा चेतावनी, पुरा खबर पढ्नुहोला

काठमाडौँ, १७ जेठ | अमेरिका र चीन बीच तनाब झन् झनै बढ्दो क्रममा छ |

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन माथि औला उठाउन अहिल्ये सम्म छोडेका छैनन् | चीन संग रिसाएका उनले भर्खरै चीनबिरुद्ध गम्भीर कदम चाल्ने चेतावनी दिएका छन्।
शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनसँगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन् | उनले विश्व स्वास्थ्य संगठन चीनको हातको कटपुतली भएको बताएका छन् |

उनले ”अमेरिकाले भन्दा चीनले एकदमै कम अनुदान दिने भए पनि,डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ” भनेर जानकारी गराएका छन् |

उनले चीनले ल्याएको नयाँ सुरक्षा कानुन नराम्रो भएको बताएका छन् जसको कारण अब हङकङमा कष्टपूर्ण जीवनको सुरुवात भएको उनको भनाइ छ |

त्यस्तै उनले चीन माथि आफ्नो देशको औद्योगिक रहस्यहरु चोरेको तथा प्रशान्त महासागर वरपरका क्षेत्र आफ्नो दाबी गरेको साथ साथै हङकङको स्वतन्त्रता अवैधानिक रुपमा खोसेको हुनाले अब चीन माथि छिट्टो नै गम्भीर कदम चाल्ने चेतावनी दिएका छन्।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »