विवादमा फसेकी बर्षा राउतले भर्खरै लेखिन फेरी यस्तो

काठमाडौँ,१९ जेठ | नायिका वर्षा राउतका लागि गत सात निकै दुखदको समय रहयो | आफुले बोलेको एक भनाइले उनको चर्को आलोचना मात्र भएन,चरित्र हत्या हुने प्रकारका ट्रोल र कमेन्ट पनि आएको थियो | उनलाई जथाभाबी गालि गर्ने निकै लामो लर्कोनै लागेको थियो | जसको कारण आफुलाई निकै ठुलो तनाब भएको उनले बताउदै आएकी छ |

केहि दिन अगाडी मात्र उनको श्रीमान नायक संजोग कोइराला एक भिडिओ मार्फत वर्षा शतप्रतिशत ठिक नभएको र उक्त घटनाले पूर्ण रुपमा तनाव दिएको पनि बताएका थिए ।

वर्षाले अहिल्य भने आफू पानी पर्दा मुस्कुराउने युवती बन्न चाहेको सामाजिक संजालमा लेखेकी छन् । उनले आफूलाई यो समयमा माया गर्ने, आशीर्वाद दिने सबैलाई धन्यवाद दिएकी छन् | त्यस्तै आफूले पाएको मायाले आफूलाई स्वस्थ राख्न र सुरक्षित राख्न सहयोग गर्ने बताएकी छिन् ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »