यसकारण दियो डब्लुएचओले अमेरिकालाई कडा चेतावनी, खबर पढ्नुहोला

काठमाडौँ २७ जेठ | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसको कारण दिन प्रति खराब हुदै गैरहेको बताएको छ |

डब्लुएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले दक्षिण एसिया र अमेरिका लगायतका देशमा कोरोना भाइरस संक्रमितको संख्या बढिरहेकाले सचेत हुन आग्रह गरेको छ ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा उनले अमेरिकामा जर्ज फ्लोइडको मृत्युपछि सुरु भएको आन्दोलनमा सबैलाई दुरी कायम राख्न सुझाब दिएका छन् | यदी दुरी कायम नराखी आन्दोलन गर्ने हो भने आउने दिनमा संक्रमण झनै भयावह रुपमा फैलिने चेतावनी दिएका छन् ।

डब्लुएचओका प्रमुख टेड्रोस अडनोम गेब्रियसले ”युरोपको अवस्थामा क्रमिक सुधार हुँदै गएको भए पनि विश्वव्यापी हिसाबमा भने अवस्था बिग्रँदो छ, पछिल्ला १० दिनमध्ये ९ दिनमा मात्रै १ लाख नयाँ संक्रमित थपिएका छन् । हिजोमात्रै १ लाख ३६ हजार नयाँ केस रिपोर्ट भएको छ, यो एकै दिन रेकर्ड भएको सबैभन्दा धेरै संख्या हो” भनेर जानकारी दिएका छन् |

उनले सोहि कुरामा थप्दै ”यो समय कुनै पनि मुलुकले लत्तो छाड्ने समय होइन, विश्वभर नै हामी यस्ता आन्दोलन सुरक्षित भएर गर्न प्रेरित गर्छौं । कम्तिमा एक मिटर दुरी कायम राखेर विरोध कार्यक्रममा सहभागिता जनाऔं । हात धोऔं । आन्दोलनमा सहभागी हुँदा पनि मास्क लगाऔं’ भनेका छन् |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »