नेपालकी यी नायिका पनि देखियो कोरोना संक्रमण (भिडियो सहित)

काठमाडौँ, जेठ ३० | नेपालकी एक नायिकालाई कोरोना संक्रमण भएको छ |

मानिसहरुले कोरोना लागेपनि लुकाउने गर्छन तर नायिका निरिशा बस्नेतले आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक संजालमार्फत् सबैलाई जानकारी गराएकी छन् |

उनले आफ्नो एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै कोरोना संक्रमित भएको र अस्पतालमा उपचारको क्रममा रहेको बताएकी छिन् ।

उनले उक्त भिडियोमा – ‘थाहै नपाई म पनि कोरोना संक्रमित भएछु’, ‘अहिले अस्पतालमा उपचार गराइरहेकी छु र अहिले आत्तिनुपर्ने अवस्था छैन’ भनेकी छन् |

उनि लामो समये देखी भारतको मुम्बईमा अभिनयमा सक्रिय छिन् | उनले भारतीय टेलिशृंखला ‘प्रेम नन्दिनी’ सहित थुप्रै टेलिसिरियलमा नायिका भएर काम गरिसकेकी छन् ।

दुई वर्षअघि फिल्म ‘जानी नजानी’ को सुटिङ र रिलिजका लागि नायिका बस्नेत नेपाल आएकी थिइन् । नायिका बस्नेत अभिनेता विश्व बस्नेतकी सुपुत्री हुन् ।

View this post on Instagram

– 8th June : #covid19 #positive

A post shared by Nirisha Basnett🌟 (@nirisha_basnett) on

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »