नेपालमा कोरोना संक्रमणको खतरा बढ्दो, भर्खरै थपिए यति धेरै संक्रमितहरु

काठमाडौँ, ९ मंगलवार | नेपालमा बितेको २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरसको संक्रमण थपिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार आज मंगलबार देशमा भएको विभिन्न प्रयोगशालाको परीक्षणमा थप ५३८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो |

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।

त्यस्तै, विभिन्न अस्पतालबाट गत २४ घण्टामा ७६ जना डिस्चार्ज भएका छन्। योसहित नेपालमा हालसम्म २ हजार २ सय २४ जना कोरोनामुक्त भई विभिन्न अस्पतालबाट डिस्चार्ज भइसकेका छन्।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »