जनकपुरमा बालिकाको बलात्कारपछि गरियो हत्या, शव नांगै अवस्थामा फेला

काठमाडौँ १९ असार | जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी एक ११ वर्षीय बालिकाको हत्या भएको छ।खबर अनुसार उनको बलात्कारपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ।

मृतक बालिकाको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटर पर दुधमती नदीमा फेला परेको छ। उनको दाजुले जानकारी दिए अनुसार बुधबार दिउँसो ११ बजे भैंसी चराउन गएकी ती बालिका बेपत्ता भएकी थिइन्।

उक्त बालिका घर नयाएपछी उनको व्यापक खोजविन भएको र शुक्रबार बिहान सो क्षेत्रमा गन्ध फैलिएपछि किसानले हेर्दा दुधमती नदीमा कञ्चनको शव फेला पारेका थिए। शव देख्ने बितिकै किसानहरुले प्रहरीलाई खबर गरेका थिए।

११ वर्षीय बालिका काे शव नांगै अवस्थामा भेटिएकाले कसैले बलात्कार गरि हत्या गरेको हुुनसक्ने प्रहरीको भनाइ छ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »