काठमाडौँ, साउन १३ | नेपालमा कोरोना संक्रमितको संख्या फेरी बढेको छ |
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको छ । त्यस्तै सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार १२९ रहेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले गराउनु भएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १२१ जना कोरोना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् |
यो संगै नेपालमा कोरोना संक्रमितहरु निको भएर घर फर्किने सङ्ख्या १३ हजार ८७५ पुगेको छ ।
त्यस्तै डा गौतमका अनुसार हाल क्वारेन्टिनमा बस्नेको सङ्ख्या १५ हजार ३३१ जना रहेको जानकारी गराउनु भएको छ |
यसैगरी नेपालमा कोरोनाबाट संक्रमणबाट हालसम्म ४९ जनाको मृत्यु भएको छ ।