गर्भमा पनि पुग्यो कोरोना भाइरस

काठमाडौँ, १४ साउन | सबैको लागि निकै दुखद खबर आएको छ जसलाई सुनेर पनि मुखबाट पहिलो निस्किने शब्द हो “हे भगवान”, हजुर यो खबर भारतस्थित पुणेको ससून जनरल अस्पतालबाट आएको हो | गर्भमा भएको शिशुमा पनि कोरोना भाइरसको संक्रमण हुन्छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ, तर यो सत्य घटना हो ।

भारतीय सञ्चारमाध्यमको अनुसार भारतस्थित पुणेको ससून जनरल अस्पतालले एक महिलाको गर्भमा रहेको बच्चामा कोरोना भाइरस पुगेको दावी गरेको छ |

खबर अनुसार अस्पतालमा भर्ती भएकी एक गर्भवती महिलालाई डेलिभरी हुनु एक महिना अगाडि रुघा लागेको थियो । डेलिभरीपछि जन्मिएकी बच्चीमा कोरोना भाइरस रहेको पाइयो ।

मेडिकल टर्ममा यसलाई भर्टिकल ट्रान्समिसन भनिन्छ ।

उपचार उपचारपछि अहिले दुवै आमा–छोरी स्वस्थ्य रहेका छन् । अस्पतालका अनुसार बच्चालाई प्लेसेन्टाको माध्यमबाट संक्रमण भएको थियो । भारतमा भर्टिकल ट्रान्समिसनको पहिलो घटना हो ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »