साउदीमा नेपालीमाथि कोरोनाको आतंक, यति धेरैको मृत्यु

काठमाडौँ,१५ साउन | साउदीबाट सम्पूर्ण नेपालीको लागि निकै दुखद खबर आएको छ | संसार भर कोरोनाले आतंक मचाएको छ | यस्तै कोभिड १९ भाइरसबाट साउदी अरेबियामा कार्यरत ३५ भन्दा बढी नेपालीको मृत्यु भएको छ भने ४ हजारभन्दा बढी संक्रमित भएका छन् |

खबर अनुसार साउदीमा केहिदिन यता देखि कोरोनाको कारण मृत्यु हुने नेपालीको संख्या बढ्दो छ | येति मात्र नभएर दुतावास रियाद र वाणिज्य दुतावास जेद्धामा कार्यरत २ कर्मचारीमा समेत कोरोना देखिएको छ ।

कोरोना भाइरसको कारण २० दिनमा ५ जना नेपालीको मृत्यु भएको छ |

साउदीमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५ सय ९० पुगेको छ भने ४२ हजार ५ सय संक्रमित विभिन्न हस्पिटलमा विशेष रुपमा उपचार लिइरहेका छन् | त्यस्तै २ हजार १ सयभन्दा बढीको अवस्था गम्भीर छ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »