भर्खरै गराएको प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपोर्ट यस्तो आएको छ

काठमाडौँ, २४ साउन | प्राप्त खबर अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ।

भर्खरै मात्र परीक्षणका लागि स्वाब लिइएकोमा प्रधानमन्त्री ओलीको रिपोर्ट नेगेटिभ आएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

ओलीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो।…. नेपालखबरबाट साभार गरेको

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »