गृहमन्त्री थापाको कोरोना रिपोर्ट यस्तो आयो

काठमाडौँ, २४ साउन | भर्खरै प्राप्त खबर अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि गृहमन्त्री थापाको पनि स्वाब संकलन गरी परीक्षण् गरिएको थियो । सो क्रममा गृहमन्त्री थापाको रिपोर्ट नेगेटिभ आएको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिएका छन् ।

कोभिड-१९ देखिएका मन्त्री यादव प्रधानमन्त्री निवास बालुवाटारमा संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रस्ताव पारित गर्न प्रहरी समायोजन सम्बन्धी समन्वय समितिको बैठकमा सामेल भई देशकै शीर्ष नेताहरूसँग भेटघाट गरेका थिए।

यादव प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा (बादल), सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू, गृह सचिव, गृहमन्त्रीका सल्लाहकार, प्रहरी महानिरीक्षक लगायतसँग भेटघाट गरेका थिए।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »