भर्खरै नेपालमा कोरोनाले मचायो आतंक, एकैदिनमा यति धेरैको मृत्यु

काठमाडौँ,२४ साउन | नेपालमा कोरोनाको कारण फेरी आज ३ जनाको मृत्यु भएको छ | उक्त कुरा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टि गरेका हुन् |

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको बताए ।

मृत्यु हुनेमा पर्सा छप्कैयाका एक पुरुष, मोरङ विराटनगरका ५८ वर्षीय पुरुष र काठमाडौं टोका ६ की ४१ वर्षीया महिला रहेका छन् ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा जानकारी दिए । यसअघि पनि शुक्रबार नेपालमा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको थियो ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »