भर्खरै कोरोनाका कारण १९६ डाक्टरको निधन

काठमाडौँ,२४ साउन | मेडिकल क्षेत्रको लागि निकै दुखद खबर आएको छ | प्राप्त खबर अनुसार भारतीय मेडिकल एसोसियसनका अनुसार कोरोनाभाइरसका कारण भारतमा १ सय ९६ चिकित्सकले ज्यान गुमाइसकेका छन् ।

यसै सम्बन्धमा यो संस्थाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई यसबारे ध्यान दिन अनुरोध गर्दै पत्र पनि लेखेको छ । उनीहरुले उक्त पत्रमा चिकित्सकको स्वास्थ्यप्रति ध्यान दिनु पर्ने माग गरेका छन् ।

उक्त पत्रमा उनीहरुले अहिलेसम्म १ सय ९६ चिकित्सकको निधन भएको र केही दर्जन चिकित्सक अहिले पनि संक्रमित भएको उल्लेख गरेका छन् |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »