भर्खरै नेपालमा कोरोनाले मचायो आतंक, एकैदिनमा यति धेरैको मृत्यु

काठमाडौँ, २६ साउन | कोरोनाको कारण नेपालबाट नेपालीको लागि निकै दुखद खबर आएको छ | आज पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाको कारण फेरी ५ जनाको मृत्यु भएको छ |

मृत्यु हुनेमा काठमाडौँमा एक जना, ललितपुरमा दुई जना, बाँकेमा एक जना र पर्सामा एक जना गरि थप ५ जनाको आज कोरोनाको कारण मृत्यु भएको छ |

काठमाण्डौको बानेश्वर बस्ने ७६ वर्षीय पुरुषको पनि सोमबार बिहान चावहिलमा रहेको मेडिकेयर अस्पतालमा मृत्यु भएको छ । जिउ दुख्ने तथा श्वासप्रश्वासमा कठिनाइ आएपछि उहाँ गएको २३ गते अस्पताल भर्ना हुनुभएको थियो | त्येसैगरि ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो । उहाँ आइतबार दिउँसो छातीको सङ्क्रमण र निमोनियाको उपचार गराउन अस्पताल पुग्नुभएको थियो ।

त्यस्तै आज मात्रै काठमाण्डौ कीर्तिपुरका ६४ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । उहाँ मिर्गाैलाका दीर्घरोगी बिरामी रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । निमोनिया भएपछि उहाँ गएको असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

फेरी आजै पर्साको देवयानी १५ का ४५ वर्षीया महिलाको शनिबार नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो भने बाँकेको कोहलपुर नगरपालिका २ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »