भदौ मसान्तसम्म हवाई उडान र लामो दूरीका यातायात नचल्ने

काठमाडौँ, २६ साउन | सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ महिनाभरी लामो दूरीका सवारी साधन तथा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान नखोल्ने निर्णय गरेको छ।

कोरोना संक्रमणको जोखिम बढेसँगै सरकारले लामो दूरीको यातायात सञ्चालनमा भदौ १५ गतेसम्म पुनः रोक लगाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाका नगरपालिकाहरूका मेयरहरूको संगठनले गरेको आग्रहका आधारमा सरकारले यस्तो निर्णय गरेको हो ।

आइतबार बसेको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) बैठकले भदाै १५ सम्म हवाई उडान र लामाे दूरीका सवारी साधन नखाेल्न सरकारलाई सिफारिस गरेकाे थियाे। तर काठमाडाै‌ं उपत्यका लगायत देशैभरी काेराेना संक्रमण बढ्दै गएकाे भन्दै भदाै मसान्तसम्म नै नखाेल्ने निर्णय गरेको छ |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »