नेपालमा कोरोनाको कारण २ दिने शिशुको मृत्यु, पुरा खबर पढ्नुहोला

काठमाडौँ, २७ साउन | भर्खरै प्राप्त खबर अनुसार यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ।

अस्पतालका सहायक निर्देशक नितेशकुमार कनोडियाका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा यही साउन २४ गते कोरोना सङ्क्रमित आमाले जन्माएको शिशुको मृत्यु भएको छ। शिशुको सोमबार बिहान १:२० बजे उपचारका क्रममा मृत्यु भएको उनले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए।

उनको जानकारी अनुसार भेरी अस्पतालमा भर्ना भएका रुकुम चौरजहारीकी २८ वर्षीया आशा चौधरीमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको थियो। सो महिलाले सोही दिन राति ९:३५ बजे शल्यक्रियापछि दुई किलो ७०० ग्राम तौलको शिशु (छोरा) जन्म दिएकी थिइन्।

 

जनचेतनाको लागि खबर स्येर गर्नुहोला  | हजुरहरु संग पनि समाचार भए हामीलाई हाम्रो आधिकारिक GMAIL ACCOUNT ([email protected]) मा पठाउनुहोस् | साथसाथै LEFT SIDE मा रहेको घण्टा बजाउन नबिर्सिनुहोला | साथै तल भएका हाम्रा SPONSER हरुको रोचक ENGLISH समाचार पढ्नु होला | स्वस्थ रहनुस सुरक्षित रहनुस | फेरी भेटौला 🙏

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »