आज फेरी नेपालमा १ जाना कोरोनाको संक्रमित थपियो

उदयपुरका एकजनामा मंगलबार कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो।

उदयपुरबाट संकलन गरिएको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भएको नियमित पत्रकार सम्मेलनमा बताए ।

दयपुरबाट सोमबार १ सयसहित ३ सय २० नमुना पीसीआर परीक्षणका लागि संकलन भएका छन् । यसैगरी वीरगन्जबाट २ सय २१ जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताए ।

ती नमुनाहरूको टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालमा परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगन्जलाई लक्षित गरी ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »