दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,११  बैसाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ भने उनीहरुमध्ये ९ जना निको भइसकेका छन् ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »