नेपाललाई कोरोनाको अति उच्च जोखिमको सूचीबाट हटाइयो

काठमाडौँ,१४ बैसाख | कोरोना भाइरस (कोभिड–१९) बाट थुप्रै देशहरु प्रभावित छन् भने अहिल्येसम धेरै देशहरु रातो सुचिमा छन् | तर येसैबिच नेपाललाई भने विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ) बाट निकै खुसीको खबर आएको छ |

बन्दाबन्दी, परीक्षणको दायरा बढाएको, अन्तर्राष्ट्रिय उडान बन्द गरेको तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालले कोरोनाविरुद्ध कार्य गरेको आधारमा डब्लूूएचओले नेपाललाई अति उच्च जोखिमको सूचीबाट उच्च जोखिमको सूचीमा झारेको जानकारी दिएका छन् ।

पहिल्ये नेपाल १ देखि ५ मध्ये ४ तहको सुचिमा थियो भने अहिल्ये विश्व स्वास्थ्य सङ्गठन (डब्लूूएचओ) ले त्यसलाई घटाएर तह तीनमा राखेको जानकारी दिँदै उनले कोरोनाविरुद्ध नेपालले गरेको कामका आधारमा डब्लूूएचओले उच्च जोखिममा राखेको बताएका छन् ।

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »