चिनियाँ राजदूत हाउ यान्छीको प्रचण्ड र माधव कुमार नेपाल संग भेटबार्ता

काठमाडौँ, १९ बैशाख | नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले आज कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे पछि फेरी वरिष्ठ नेता माधव कुमार नेपाललाई पनि भेट गरेकी छन्। उनले बिहिबार प्रधानमन्त्री ओलीलाई अनि शुक्रबार प्रचण्ड र माधव कुमार नेपाललाई भेट गरेकी हुन् |

नेकपाको चर्किदै गरेको बिबाधसंगै हाउ यान्छीले तिन ओटै नेतालाई भेट्नुमा यसलाई अर्थ पूर्ण रुपमा हेरिएको छ | भेटमा दुई देशबीचको घनिष्ट सम्बन्धका विविध पक्षका बारेमा कुराकानी भएको र कोरोना रोकथामका बारेमा छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ।

उनले कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न उनकै निबास खुमलटार पुगेकी थिइन् | उनले  त्यहाँ प्रचण्डसँग झन्डै डेढ घण्टा कुरा गरिन भने त्येसपछी राजदूत हाउ यान्छी माधव कुमार नेपाललाई भेट्न उनकै निबास कोटेशोवरमा पुगेकी थिईन |

तपाइँको टिप्पणी यहाँ छोड्नुहोस्
Translate »